काठमाडौं । सरकारले यो वर्षको दसैंमा तीन हजार खसी च्यांग्रा बेच्ने भएको छ ।
खाद्य आपूर्ति व्यवस्था गर्न सरकारले स्थापना गरको खाद्य व्यवस्था तथा आपूर्ति कम्पनीले मोफसलबाट १४ सय च्यांग्रा तथा १६ सय खसीबोका किनेर सर्वसाधारणलाई बेच्ने भएको हो ।
खसीबोका च्यांग्राका लागि कम्पनीले पाँच करोड ९९ लाख ८६ हजार रुपैयाँ छुट्याएको छ । अर्थात् कम्पनीले प्रतिखसी-च्यांग्रा २० हजार रुपैयाँ खर्च गर्ने योजना बनाएको छ । गत वर्ष ५ करोड ९८ लाख रुपैयाँ खर्च भएको थियो ।
यो वर्ष पनि जिउँदो खसीबोका वा च्यांग्राको मूल्य गत वर्षकै बराबर हुने अनुमान छ । यद्यपि खसीबोका खरिद लागत, ढुवानी तथा प्रशासनिक खर्चका आधारमा मूल्य तय हुने बताइएको छ ।