• शनिबार, भाद्र ६ २०८३

ओम्‍नी समूह कालो सूचीमा प¥यो


सोमबार, भाद्र २९ २०७७
795
Shares

काठमाडौं : सरकारसँगको सम्झौता अनुसार स्वास्थ्य सामग्री ल्याउन असफल ओम्‍नी बिजनेस प्रालि (ओबिसिआई) कालो सूचीमा परेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयसँगको भएको सम्झौता अनुसार चीनबाट तोकिएको समयमा स्वास्थ्य सामग्री ल्याउन नसकेको ओम्‍नी समूह एक बर्षका लागि कालो सूचीमा परेको हो।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तर्गत स्वास्थ्य सेवा विभागको सिफारिसमा सोमबारबाट लागू हुने गरी सार्वजनिक खरिद अनुगमनको कार्यालयले ओम्‍नी समूहलाई कालोसूचीमा राखेको हो।​

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार