सरकारले कोरोना संक्रमण भएनभएको छिटो पत्ता लगाउन ड्राइ रिएजेन्ट बेस्ड पीसीआर प्रविधि भित्र्याउने तयारी गरेको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा रहेको विज्ञ टोलीले सो प्रविधि नेपालमा भित्र्याउने विषयमा अध्ययन गरिरहेको छ। ड्राइ टेक्नोलोजीबाट पीसीआर गर्न सके एक घण्टामै रिपोर्ट आउने मन्त्रालयका अधिकारीको दाबी छ।
यही विधिबाट युरोपका अधिकांश मुलुकले कोरोना परीक्षण गरेको भन्दै मन्त्रालयले नेपाल ल्याउन खोजेको हो।
नेपालमा अहिले प्रयोगमा ल्याइएको पीसीआर विधिबाट परीक्षण गर्दा रिपोर्ट आउन कम्तीमा पनि १२ घण्टा लाग्ने गरेको छ।