रबि किरण रेग्मी
घ्याल्चोक । गण्डकी गाउँपालिका वडा नम्बर ७ ले आफ्नो आधारभुत स्वास्थ्य केन्द्र शिलान्यास गरेको छ ।
वडा अध्यक्ष तुलसी रेग्मीले उक्त स्वास्थ्य केन्द्र भवनको शिलान्यास गरेका हुन । शिलान्यासमा वडा बासी, बुद्धिजिबि ब्यक्तिहरुको उपस्तिथि रहेको थियो ।
शिलान्यास पछि बोल्दै वडा अध्यक्ष रेग्मीले प्राथमिक स्वास्थ्य चाैकी बनेपछि सामान्य उपचारका लागि पनि अन्यत्र धाउनु पर्ने बाध्यता हट्ने जिकिर गरे ।
साथै स्वास्थ्य केन्द्र भवनको निर्माणका लागि जग्गा दान गर्ने दाताहरुलाई धन्यवाद ब्यक्त दिएका छन।
स्वास्थ्य केन्द्र भवन निर्माणको लागि स्थानीय छबिलाल रेग्मी तथा उनका छोराहरु कृतनाथ रेग्मी र तेजप्रसाद रेग्मीले १ रोपनी जग्गा दान गरेकाे बताइएकाे छ ।