काठमाडौं । स्टार खेलाडी नेमारसहित पाँच खेलाडीले रातो कार्ड पाएको फ्रेन्च लिगको खेलमा साविक विजेता पेरिस सेन्ट जर्मेन (पिएसजी) मार्सेसँग पराजित भएको छ। पिएसजीलाई मार्सेले उसैको मैदानमा १-० ले पराजित गरेको हो ।
फ्लोरिन थाउभिनले दोस्रो हाफमा गरेको गोल गर्नै मार्सेलाई ३ अंक दिलाउन निर्णायक बन्यो ।
कोरोना संक्रमणबाट निको भएर मैदान फर्केको पहिलो खेल नै नेमारको लागि खराब रह्यो । खेलमा नेमारसहित पिएसजीका ३ र मार्सेका २ खेलाडीले रातो कार्ड पाए । पाँच खेलाडीले नै इन्जुरी टाइममा रातो कार्ड पाएका थिए ।