गोरखा । गण्डकी प्रदेशमा कोरोनाबाट संक्रमितको संख्या ३ हजार नाघेको छ ।
सोमबार बिहान ९ः४५ बजे स्वास्थ्य निर्देशनालय पोखराले जारी गरेको विज्ञप्तीमा गण्डकीका ११ वटैै जिल्लमा गरी संक्रमितको संख्या ३ हजार ११ पुगेको बताइएको छ ।
जसमा सोमबार गोरखामा ९ र तनहुँमा ११ गरी २० जना थप भएको स्वास्थ्य निर्देशक डा विनोद बिन्दु शर्माले सिभिलखबरलाई जानकारी दिए ।
त्यस्तै गाण्डकीमा हालसम्म संक्रमणबाट मृत्यु हुनेको संख्या २८ पुगेको समेत उनले बताए ।