गोरखा । सोमबार बिहान गोरखामा ९ जना कोरोना संक्रमित थपिएका छन् ।
गोरखा नगरपालिका र पालुंटार नगरपालिकामा गरी ९ जना संक्रमित थपिएका हुन ।
जसमा गोरखा नगरपालिका १३ का एक पुरुष र एक महिला छन् भने पालुंटार १ का ५ पुरुष सहित ६ जना र वडा नम्बर ६ का एक जना रहेको स्वास्थ्य निर्देशनालय पोखराले जनाएको छ ।
उनिहरु सबैको पोखरा स्थित क्षयरोग उपचार केन्द्रमा स्वाव परिक्षण गरिएको स्वास्थ्य निर्देशक डा विनोद बिन्दु शर्माले सिभिलखबरलाई बताए ।
