• बुधबार, साउन १३ २०८३

कन्ट्याक्ट ट्रेसिङमा परेका गोरखाका सिडिओको कोरोना रिपोर्ट ‘नेगेटिभ’


सोमबार, भाद्र २९ २०७७
740
Shares

गोरखा । दुई अंगरक्षक सहित सवारी चालकलाई कोरोना संक्रमण देखिएपछि कन्ट्याक्ट ट्रेसिङमा परेका गोरखाका प्रमुख जिल्ला अधिकारी तिर्थराज भट्टराईको कोरोना रिपोर्ट नेगेटिभ आएको छ ।

केहि दिन अघि उनका सवारी चालक र दुई अंगरक्षकमा कोरोना देखिएसंगै शुक्रबार उनको समेत स्वाव संकलन गरी कोरोना परिक्षणका लागि क्षेत्रिय प्रयोगशाला पोखरा पठाइएको थियो ।

कन्ट्याक्ट ट्रेसिङमा सिडिओ मात्रै होइन सहायक सिडिओ देवी पाण्डे खत्री सहित उनिहरुका भान्से र चालकको समेत पिसिआर परिक्षण गरिएको थियो ।

तर सोमबार बिहान स्वास्थ्य निर्देशनालयले सिडिओ, सहायकसिडिओ सहित ६ जनाको रिपोर्ट नेगेटिभ आएको जानकारी जिल्ला प्रशासन कार्यालय गोरखालाई गराएको बताइएको छ ।

यता प्रमुख जिल्ला अधिकारी भट्टराईले आफु एक हप्तादेखि सेल्फ क्वारेन्टिनमा रहेको र अझै केहि दिन अरुको सम्पर्कमा नजाने सिभिलखबरलाई बताएका छन् ।

कार्यालयको नियमित काम क्वाटरबाटै गरिरहेको बताउदै प्रजिअ भट्टराईले अरुलाई समेत अत्यावस्यक बाहेक घर बाहिर ननिस्किन आह्वान गरेका छन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार