• सोमबार, साउन ११ २०८३

गण्डकीमा कोरोनाबाट मृत्यु हुनेको संख्या २८ पुग्याे, संक्रमित ३ हजार नजिक


सोमबार, भाद्र २९ २०७७
675
Shares

गण्डकीमा कोरोना संक्रमणबाट मृत्यु भएकाको संख्या २८ पुगेको छ। गण्डकी स्वास्थ्य विज्ञान प्रतिष्ठानले सोमबार बिहान दिएको जानकारीअनुसार भदौ २६ गते मृत्यु भएका नवलपरासीको मध्यविन्दु–१२ का ६० वर्षीय पुरुषमा कोरोना पुष्टि भएको हो।

उपचारका क्रममा लुम्बिनी अस्पतालमा मृत्यु भएका ती पुरुषमा कोरोना रहेको पुष्टि भएसँगै गण्डकीमा कोरोनाबाट मृत्यु भएकाको संख्या २८ पुगेको हो। ती व्यक्तिमा निमोनिया र श्वासप्रश्वाससम्बन्धी समस्या थिए।

यस्तै प्रदेशमा थप १९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

तीमध्ये बागलुङ बडिगाडका २ जना विदेशबाट आएर क्वारेन्टिनमा बसेका व्यक्ति हुन् भने कास्कीमा १७ जनामा संक्रमण पुष्टि भएको हो।

यस्तै पोखरा महानगरपालिका वडा नम्बर ४ र १७ मा संक्रमित भेटिएका ७ व्यक्ति प्रहरी हुन्।

गण्डकीमा हालसम्म २ हजार ९ सय ९१ जनामा संक्रमण पुष्टि भइसकेको छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार