रबि किरण रेग्मी
हुग्दी खोला । धादिङ पृथ्वी राजमार्ग अन्तरगत बेनिघाट रोराङ १० हुग्दी खोला नजिकै ट्रकले ठक्कर दिदा एक बालकको मृत्यु भएको छ ।
काठमाडौबाट मुग्लिन तर्फ जाँदै गरेको ना ६ ख ३४६४ नम्बरको ट्रकले ठक्कर दिदा गोरखाकाे गण्डकी गाउँपालिका ६ कौदिका १२ वर्षीय प्रवचन प्रजाको घटनास्थलमै ज्यान गएको हो ।
घटनामा संलग्न ट्रक चालक स्याङ्जा जिल्ला बिरुवा गाउँपालिका घर भएका सोमराज मरासनी र ट्रक जोगिमारा प्रहरी चोकिको नियन्त्रणमा रहेको बताइएकाे छ भने शव पोस्टमाटमको लागि गजुरी लगिएको जिल्ला प्रहरी कार्यलय धादिङले जनाएको छ ।