• बुधबार, साउन १३ २०८३

छेवेटारबाट पाँच बर्षे अनाथ बालकको उद्धार, मानवसेवा आश्रममा राखियो


आइतबार, भाद्र २८ २०७७
875
Shares

गोरखा । गोरखा नगरपालिका १० छेवेटारबाट एक अनाथ बालकको उद्धार गरिएको छ ।

गोरखा नगरपालिका १० का वडाध्यक्ष देवी बहादुर बस्नेत, स्थानीय समाजसेवी सम्झना बस्नेत लगायतको पहलमा सो क्षेत्रका ५ बर्षिय बालकको उद्धार गरी सदरमुकाममा रहेको मानव सेवा आश्रमको जिम्मा लगाइएको हो ।

केहि बर्षअघि आमाले छोडेर अर्कैसंग बिहे गरेर गएपछि उनका बाबुले उनिहरुको हेरचाह गर्दैआएका थिए । तर बाबुले समेत अर्कैसंग बिहे गरेर घर छाडेपछि उनिहरुको बिचल्ली भएको थियो ।

पाँच बर्षका आयोष तामाङलाई आइतबार नेपाल पत्रकार महासंघ गोरखाका अध्यक्ष किशोरजंग थापाको रोहवरमा मानवसेवा आश्रमको जिम्मा लगाइएको वडाध्यक्ष बस्नेतले जानकारी दिए ।

केहि दिनअघि ति बालकका दाजु ७ बर्षिय अभिनाष तामाङलाई समेत आश्रममै लगेर राखिएको थियो ।

आश्रममा उनिहरुको पालनपोषण लगायत पठनपाठन गराउने सर्तमा जिम्मा लगाइएको बताइएको छ ।

आइतबार नै वडा नम्बर १० को कार्यालयले आश्रमलाई सिरक, डसना, तन्ना, सिरानी लगायतका सामाग्री समेत सहयोग गरेको जनाएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार