• शुक्रबार, असोज १६ २०८३

आइतबार १ हजार ४९ कोरोना संक्रमित थपिए


आइतबार, भाद्र २८ २०७७
765
Shares

नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार ३९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

आइतबारको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले देशभरमा थप १ हजार ३९ जनामा कोरोना संक्रमण पुष्टि भएको बताए।

प्रवक्ता गौतमका अनुसार आज देशभरमा सक्रिय संक्रमितको संख्या १५ हजार ११७ रहेको छ।

पछिल्लो २४ घण्टामा थप ८ हजार १६५ जनाको पीसीआर परीक्षण गरिएको छ।

त्यस्तै पछिल्ले २४ घण्टामा थप १ हजार १७३ जना कोरोना संक्रमित निको भएका छन्।योसँगै निको हुनेको संख्या ३८ हजार ६९७ पुगेको छ।

कोरोना संक्रमण निको हुने प्रतिशत ७१.५ रहेको छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार