गोरखा । गोरखाको आरुघाट बजार नजीकै कुकुरले टोकेर मारेको अवस्थामा चितुवा फेला परेको छ ।
घटनास्थलमा भेटिएको अन्दाजी ६ महिनाको जस्तो देखिने मृत चितुवाको आन्द्राभुँडीसमेत निस्किएको अवस्थामा फेला परेको छ ।
उक्त चितुवालाई कुकुरहरुले टोकेर मारेको पाइएको हो ।चितुवालाई आक्रमण गर्ने दुईवटा कुकुर गम्भीरसमेत घाइते भएको पाइएको छ ।
चारवटा वयस्क कुकुरहरु मिलेर आक्रमण गरेका कारण सानो उमेरको चितुवा मारिएको बताइएको छ ।