काठमाडौं । सरकारी स्वमित्वको खाद्य व्यवस्था तथा व्यापार कम्पनीले खरिद गर्ने चिनी दशैंअघि नआउने भएको छ ।
खाद्य व्यवस्था तथा व्यापार कम्पनीले ढिलो गरी खरिद प्रक्रिया सुरु गर्दा दशैंअघि चिनी नआउने भएको हो ।
खाद्यले ४५ दिनको समयअवधि राखेर भदौ १६ गते १० हजार मेट्रिकटन चिनी आयात गर्न बोलपत्र आहृवान गरेको थियो ।
जसअनुसार असोज २९ गते बल्ल प्रक्रिया पुगेका खरिदकर्ता छनोट हुनेछन् । खरिदकर्ता छनोट र एलसीको प्रक्रिया सुरु गर्न एक साता लाग्ने भएकाले चिनी नआउने भएको हो ।
यसपालिको दशैं कार्तिक एक गतेबाट सुरु हुन्छ ।