• शुक्रबार, असोज १६ २०८३

कोरोनाका कारण विदेशमा २४३ नेपालीको मृत्यु


आइतबार, भाद्र २८ २०७७
765
Shares

विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसबाट शनिबार साँझसम्म विदेशमा दुई सय ४३ जना नेपालीले ज्यान गुमाइसकेका छन्। 

विदेशमा यो साता मात्रै थप ४३ नेपालीको कोरोना संक्रमणबाट मृत्यु भएको गैरआवासीय नेपाली संघका स्वास्थ्य समितिका संयोजक डा.सञ्जीव सापकोटाले बताए।

साउदी अरबमा मात्रै सङ्क्रमणका कारण निधन हुने नेपालीको सङ्ख्या ५२ पुगेको साउदी अरबका लागि नेपाली राजदूत डा.महेन्द्रसिंह राजपुतले जानकारी दिए। यो साता कतारमा पनि थप दुई नेपालीको कोरोना सङ्क्रमणका कारण निधन भएको छ।

कोरोना भाइरसका कारण हालसम्म बेलायत, युएई, साउदी अरब, बहराइन, कुवेत, कतार, आयरल्याण्ड, जापान, टर्की, नेदरल्याण्ड्स, स्वीडेन, भारत, दक्षिण अफ्रिकालगायत १६ देशमा रहेका नेपालीले ज्यान गुमाएका छन्।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार