• बुधबार, साउन १३ २०८३

सरकारी कम्पनीले दशैंमा झन्डै ६ करोडको खसी र च्याङ्ग्रा बेच्ने


आइतबार, भाद्र २८ २०७७
870
Shares

काठमाडौं । दशैंका लागि काठमाडौं उपत्यकामा बिक्री गर्न सरकारी स्वामित्वको खाद्य व्यवस्था तथा व्यापार कम्पनीले झन्डै ६ करोडको खसी र च्याङ्ग्रा खरिद गर्न तयारी थालेको छ ।

खाद्य व्यवस्था तथा व्यापार कम्पनीले घटस्थापनासम्म काठमाडौं ल्याई पुर्‍याउने गरी १४ सय च्याङ्ग्रा र १६ सय वटा खसी गरि जम्मा ३ हजार खसी र च्याङ्ग्रा खरिद तयारी थालेको हो ।

यसपाली मुस्ताङबाट १४ सय च्यांग्रा तथा दाङको तुल्सीपुर र मकवानपुरको हेटौंडाबाट १६ सय वटा गरी ३ हजार खसी र च्याङ्ग्रा किन्ने कम्पनीको योजना छ ।

गतवर्ष दशैंमा संस्थानले ५ सय खसी बोका तथा च्यांग्रा खरिद गरेर सहुलियत मूल्यमा बिक्री गरेको थियो ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार