• बुधबार, साउन १३ २०८३

बाढीका कारण पाँच झोलुङ्गे पुलमा ठुलो क्षति


आइतबार, भाद्र २८ २०७७
690
Shares

पोखरा । बाग्लुङ को ताराखोला गाउँपालिकामा वर्षासँगै आएको बाढीले पाँच वटा झोलुङ्गे पुलमा ठुलो क्षति पुर्याएको छ ।

अविरल वर्षासँगै आएको बाढीका कारण झोलुङ्गे पुल, मोटरेबल पुल, जलविद्युत् तथा सडकमा क्षतिपुगेको हो ।

जसमा दोगाडी घाट, करीमेलाको उपल्लो र तल्लो, मिचेक घाट र कुचुङ्गे घाटको झोलुङ्गे पुलमा क्षति पुर्याएको छ ।

मिचेक घाटको पुल पनि बाढीले बगाएको छ भने अन्य पुलमा क्षति पुर्याएको छ । गाउँपालिकाको अधिकांश भागमा आपूर्ति हुँदै आएको ३८० किलोवाटको ताराखोला लघु जलविद्युत् परियोजनामा विद्युत उत्पादन समेत बन्द भएको छ ।


सडक, जलविद्युत् तथा पुल मर्मत कार्य गर्नका लागि ठूलो रकम खर्च हुने जानकारी प्राप्त भएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार