सिन्धुपाल्चोकको बाह्रबिसेमा पहिरोमा पुरिएकामध्ये ७ जनाको शव फेला परेको छ ।
पहिरोमा परि ज्यान गुमाएका ७ जनामध्ये दुई जनाको परिचय खुलेको छ । जसमा ६३ वर्षीया भक्तिमाया श्रेष्ठ र भीरखर्कको बिक टोलको पहिरोमा पुरिएकी २० वर्षीया जुनु बिक हुन् ।
बाँकी ५ जनाको शव पहिचान गर्ने काम भइरहेको जनाइएको छ ।
पहिरोमा पुरिएका मध्ये अझै १९ जना बेपत्ता छन् ।
नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको टोलीले बेपत्ताहरुको खोजी गरिरहेको छ ।