• सोमबार, साउन ११ २०८३

गोरखामा सात सहित गण्डकी प्रदेशमा थपिए २९ जना संक्रमित


आइतबार, भाद्र २८ २०७७
610
Shares

गोरखा । गोरखा सहित गण्डकी प्रदेशमा २९ जना कोरोना संक्रमित थपिएका छन् ।

गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले आइतबार बिहान १० बजे जारी गरेको विज्ञप्तीमा गोरखामा ७ सहित २९ जनामा संक्रमण पुष्टि गरेको हो ।

गोरखामा थपिएका संक्रमित मध्ये गोरखा नगरपालिकाका ३ र भिमसेन थापा गाउँपालिकाका ४ जना रहेको बताइएको छ ।

गोरखा नगरपालिकामा थपिएका मध्ये वडा नम्बर ७ का एक पुरुष, एक जना होटल क्वारेनटाइनमा बसेका पुरुष र एक जना नापी कार्यालय गोरखामा कार्यरत महिला कर्मचारी रहेको गोरखा नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख इश्वर रेग्मीले जानकारी दिए ।

त्यस्तै गोरखामा थपिएका अन्य चार जना भिमसेन थापा वडा नम्बर ७ र ८ बोर्लाङका रहेको बताइएको छ ।

त्यस्तै गण्डकी प्रदेशमा थपिएका मध्ये लमजुङका १० जना, नवलपुरका ६ जना, तनहुँका ५ जना र स्याङजाका १ जना रहेको स्वास्थ्य निर्देशक डा विनोद विन्दु शर्माले सिभिलखबरलाई बताए ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार