• बुधबार, साउन १३ २०८३

आजदेखि गोरखाका सबै बैंक खुल्ने, स्वास्थ्य सुरक्षा अनिवार्य


आइतबार, भाद्र २८ २०७७
1.1K
Shares

मेलिना बराम
गोरखा । आज आइतबारदेखि गोरखा बजार क्षेत्रका बैंक खुल्ने भएको छ ।

झण्डै डेढ सातादेखि जारी निषेधाज्ञाका कारण बन्द रहेको गोरखा बजार र आसपासका बैंक तथा बित्तिय संस्थाहरु आजदेखि खुल्ने भएका हुन ।

शुक्रबार प्रमुख जिल्ला अधिकारी तिर्थराज भट्टराइृकाे अध्यक्षतामा भएकाे डिसिएमसीको बैठकले स्वास्थ्य सुरक्षा अनिवार्य अपनाएर बैंक तथा बित्तिय संस्था खोल्न दिने निर्णय गेको हो ।

‘नेपाल राष्ट्र बैंकको निर्देशन अनुसार सामाजिक दुरी र स्वास्थ्य सुरक्षा अपनाएर बैंक खोल्न दिने निर्णय गरेका छौ’ प्रमुख जिल्ला अधिकारी भट्टराईले सिभिलखबरलाई भने ‘तर सेवाका नामका भिडभाड चाहि गर्न पाइदैन ।’

यता राष्ट्रिय बाणिज्य बैंक गोरखाका प्रवन्धक कपिल कार्कीले समेत आजदेखि बैंकले नियमित सेवा दिने बताएका छन् ।

गत भदौ २० गतेदेखि बन्द रहेका बैंकहरुले आज आइतबारदेखि सधै झै पूरा समय सेवा दिन लागेको उनको भनाई छ ।

तर सेवाग्राहीले अनिबार्य मास्क तथा सामामजिक दुरी कायम गर्नुपर्ने कार्कीको भनाई छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार