• शनिबार, भाद्र ६ २०८३

आईपीएल खेल्न दुबई गए सन्दीप


आइतबार, भाद्र २८ २०७७
805
Shares

नेपाली लेग स्पिनर सन्दीप लामिछाने इण्डियन प्रिमियर लिग (आईपीएल) खेल्न संयुक्त अरब इमिरेट्स (यूएई)तर्फ लागेका छन्। उनी क्यारेबियन प्रिमियर लिग (सीपीएल) सक्काएर शनिबार यूएई उडेका हुन्। 

ट्रिनडाड एण्ड टोबागोबाट नेपाल नफर्किकनै सन्दीप सोझै युएई गएको उनका व्यवस्थापक रमन सिवाकोटीले जानकारी दिए।

आईपीएल खेल्न सन्दीपसँगै सीपीएलमा सहभागी अन्य खेलाडी पनि युएईतर्फ लागेका छन्। यस वर्षको आईपीएल कोरोना भाइरसको महामारीका कारण भारतमा नभइ युएईमा हुँदैछ।

सन्दीपले  लगातार तेस्रो वर्ष दिल्ली क्यापिटल्सबाट आईपीएल खेल्न लागेका हुन्। आईपीएल आगामी असोज ३ गतेदेखि सुरू हुँदैछ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार