• बुधबार, साउन १३ २०८३

एकबिहानै पहिरोले १८ घर पुर्याे, घरका सबै बेपत्ता


आइतबार, भाद्र २८ २०७७
1.9K
Shares

सिन्धुपाल्चोक । गए राती २ बजेर ४६ मिनेटमा भीषण पहिरोले बाह्बिसे नगरपालिका ७ घुम्थाङको १८ घर बगाएको छ । उक्त घरका सबै बेपत्ता भएका छन् ।

भीरखर्कका १० र नाग पुच्छेका ८ घर र किम्बे गाउँ पहिरोले बगाएको इलाका प्रहरी कार्यालय बाह्बिसेका प्रहरी निरीक्षक नवराज न्यौपानेले जानकारी दिएका छन् ।

थप बिवरण आउन बाँकी छ । ठाडो खहरे खोलाको बाढीसँगै पहिरो गएको स्थानीय श्याम गोलेले बताए । घटनास्थलमा प्रहरी जाँदै छ । स्थानीय खोजी कार्यमा जुटेकाे खबर गोरखापत्र अनलाइनमा छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार