• शुक्रबार, असोज १६ २०८३

देशभर २ सय ३१ कैदीबन्दीमा कोरोना, पाँचको मृत्यु


आइतबार, भाद्र २८ २०७७
915
Shares

मुलुकका विभिन्न कारागारमा अहिलेसम्म २३१ कैदीबन्दीमा कोभिड–१९ संक्रमण देखिएको छ। कूल ८०० भन्दा बढीमा गरिएको परीक्षणमा उनीहरुको संक्रमण देखिएको हो ।

कारागार व्यवस्थापन विभागका अनुसार संक्रमितमध्ये आजसम्म ८६ जना निको भएर फर्किएको र १३७ उपचाररत छन्।

केन्द्रीय कारागार कार्यालय सुन्धारामा रहेका पाँचको मृत्यु भएको र तीनजना कैद भुक्तानी गरेर गएको विभागका सूचना अधिकारी देवर्षि सापकोटाले जानकारी दिए।

उनीहरुलाई होम आइसोलेसनमा बस्ने गरी पठाइएको छ।

आजसम्म देशभरका ७१ मध्ये ११ वटा कारागारमा संक्रमण देखिएको छ। 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार