सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका वडा नम्बर ७, भीरखर्क नाकुचेमा आज (आइतबार) बिहान भीषण पहिरो गएको छ। घटनामा ठूलो मात्रामा जनधन क्षति भएको प्रारम्भिक जानकारी प्राप्त भएकाे छ।
सिन्धुपाल्चोक जिल्ला प्रहरी कार्यालयका प्रवक्ता, डीएसपी प्रकाश सापकोटाका अनुसार बाह्रबिसे इलाका प्रहरी कार्यालयबाट प्रहरी निरीक्षकको नेतृत्वमा प्रहरी टोली घटनास्थलतर्फ जाँदै छ।
बिहान ४ बजेतिर पहिरो गएको र निकै घर पुरिएको तथा मानिस पनि हताहती भएको भन्ने प्रारम्भिक जानकारी प्राप्त भएको डीएसपी सापकोटाले बताए।