• बुधबार, साउन १३ २०८३

करेन्ट लागेर गोरखा घर भएका दुई सैनिकको मृत्यु


शनिबार, भाद्र २७ २०७७
1.9K
Shares

गोरखा । गोरखा घर भएका दुई सैनिककाे करेन्ट लागेर मृत्यु भएकाे छ । शनिबार उनिहरुकाे चितवनमा मृत्यु भएकाे हाे ।

चितवनको कालिका नगरपालिकाको वडा नम्बर ८ शक्तिखोरमा रहेको सिंहनाथ गणमा कार्यरत दुई सैनिक जवानको करेन्ट लागेर मृत्यु भएको हो। 

रुखको हाँगा काट्न चढ्दा प्रयोग गरिएको भर्याङ चिप्लिएर तारमा ठोक्किन पुग्दा भर्याङ समाउने सुवेदार राजुबाबु श्रेष्ठ र सैनिक जवान साजन कुमालको मृत्यु भएको चितवन प्रहरीका प्रवक्ता सूर्य थापाले जानकारी दिए। 

प्रवक्ता थापाका अनुसार सुवेदार श्रेष्ठको उपचारका लागि भरतपुर ल्याउँदै गर्दा बाटोमा मृत्यु भएको हो भने सैनिक जवना कुमालको उपचारको क्रममा भरतपुर अस्पतालमा मृत्यु भएको हो। 

मृत्यु हुने दुवै सैनिक गोरखाका हुन् । जसमा सुवेदार श्रेष्ठ गण्डकी गाउँपालिका २ ताङ्गलिचाेकका हुन भने सैनिक जवान कुमाल गोरखा नगरपालिका १० का रहेकाे बताइएकाे छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार