टिभी सो “अ जर्नी थ्रु एग्जिस्टेन्स” का कार्यकारी निर्माता तथा प्रस्तोता दिबस खनियाले कार्यक्रमको बिषेश श्रृंखला सञ्चालन गर्दै सम्पुर्ण फ्रन्ट्लाईनर्स प्रती एक्यबद्धता जनाएका छन।
अहिले सम्पुर्ण बिश्व नै कोरोना भाइरसको सँक्रमणको सन्त्रासमा रहेको बेला जोखिम मोलेर काम गरिरहेका सम्पुर्ण फ्रन्ट्लाईनर्स प्रती उच्च सम्मान ब्यक्त गर्न चाहन्छु भन्दै उनले कार्यक्रमलाई आफ्नो नियमित प्रस्तुती भन्दा भिन्न तरिकाले सँचालन गरेका थिए।
प्रत्येक शुक्रबार राती ८:३० बजे योहो टेलिभिजनबाट प्रशारण हुने उनको कार्यक्रममा बास्तबिक जिवनको गहिराहीमा पुगेर अतिथीसँग कुराकानी गर्ने गरिन्छ।
छोटो समयमा निकै दर्शकको मन जित्न सफल उनको प्रस्तुती र कार्यक्रमको शैली निकै रुचाइएको छ।
हिजो शुक्रबारको प्रस्तुतीमा भने उनले सम्पुर्ण कोरोना माहामारी नियन्त्रण, रोकथाम तथा उपचारमा सँलग्न ब्यक्तीहरु प्रती कार्यक्रमबाट नै उच्च सम्मान ब्यक्त गरेका थिए।
उनिसँग कुराकानीका लागी केन्द्रिय प्रहरी प्रबक्ता कुबेर कडायत, पाटन अस्पतालका कोभिड सँयोजक डा. बिमल पाण्डे तथा उद्दारकर्मी अरुण सँजु सहभागी भएका थिए ।