तनहुँ । तनहुँमा भुकम्पले क्षति पुगेको निजी आवासको पूनर्निर्माण कार्य प्राविधिकको अभावले प्रभावित भएको छ ।
५२ करारमा नियुक्त मध्ये १३ ले राजिनामा दिई ३३ जना मात्रै फिल्डमा खटिएकाले काम प्रभावित भएको जिल्ला आयोजना कार्यान्वयन एकाई (अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधार) कार्यालय तनहुँका प्रमुख जयप्रकाश गुप्ताले जानकारी दिए ।
अधिकांश प्राविधिक तराईका जिल्लाका रहेका छन् ।
उनीहरु काममा फर्कदा क्वारेन्टिनमा बस्नु पर्ने जस्ता झन्झट भएकाले राजीनामा दिनेहरु बढ्दै गएको कार्यालयकाे भनाइ छ।
२०७२ साल वैशाख १२ गतेको भूकम्पबाट तनहुँमा पूर्ण क्षति भएका १४ हजार ३९५, आंशिक क्षति एक हजार ५६८ गरी १५ हजार ९६३ लाभग्राही रहेको एकाईले जनाएको छ ।