• बुधबार, साउन १३ २०८३

अपर बलेफी जलविध्ुत आयोजनाको सुरुङ खन्ने काम सम्पन्न


शनिबार, भाद्र २७ २०७७
855
Shares

अपर बलेफी जलविध्ुत आयोजनाको सुरुङ खन्ने काम सम्पन्न भएको छ ।

सिन्धुपाल्चोकको जुगल गाउँपालिकामा रहेको ३६ मेगावाटको अपर बलेफी जलबिध्युत आयोजनाको ५ सय मिटर सुरुङ खन्ने काम सम्पन्न भएको हो ।

जुगल गाउँपालिका ३ पाङरपु र लिदी नजिक निर्माण गरिएको बाँधको काम पनि ८५ प्रतिशत सकिएको छ । त्यस्तै आयोजनाको विध्युत गृह वडा नम्बर २ को बैकुण्ठेमा रहेको छ ।

प्राकृतिक विपद् र कोरोना भाइरसको महामारीका कारण निर्धारित समयभन्दा केहीपछि धकेलिएको आयोजनाबाट आउँदो माघसम्म विध्युत उत्पादन गरिने जानकारी दिनुभयो ।

उक्त आयोजना शिवश्री हाइड्रो पावर कम्पनीले निर्माण गरेको हो ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार