• शुक्रबार, असोज १६ २०८३

कुलमानकाे एक कार्यकाल थप गर्ने सहमती, आइतबार निर्णय हुने


शनिबार, भाद्र २७ २०७७
1K
Shares

प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा फेरि एक कार्यकालका लागि कुलमान घिसिङलाई नियुक्त गर्ने तयारी गरेका छन्।

कुलमानको पहिलो चार वर्षे कार्यकाल भोली आइतबार पूरा हुँदैछ। त्यसैले भोली नै मन्त्रीपरषद बैठक राखेर कुलमानलाई नियुक्ति दिने निर्णय गर्ने तयारी छ।

शुक्रबार सत्तारुढ नेकपाको स्थायी समिति बैठकपछि प्रधानमन्त्री ओली र उर्जामन्त्री वर्षमान पुनबीच भएको भेटमा कुलमानलाई फेरि नियुक्ति दिने सहमति भएको हो।

बालुवाटारस्थित उच्च स्रोतका अनुसार भेटमा प्रधानमन्त्री ओलीले कुलमानलाई नियुक्ति दिने तयारी गर्न उर्जामन्त्री पुनलाई भनेका छन्। मन्त्री पुनको सचिवालयका सदस्यहरूले पनि यसको पुष्टि गरेका छन्।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार