• बुधबार, साउन १३ २०८३

प्रिमियर लिगको नयाँ सिजन आजदेखि सुरु हुने


शनिबार, भाद्र २७ २०७७
715
Shares

काठमाण्डौ । ​इङ्ग्लिस प्रिमियर लिग फुटबलको नयाँ सिजन आजदेखि सुरु हुँदै छ ।गएको सिजनमा लिभरपुल प्रिमियर लिग बिजेता बनेको थियो ।

आजदेखि सुरुहुने नयाँ सिजनको पहिलो दिनको पहिलो खेलमा फुलह्याम र आर्सनलले खेल्नेछन ।

यो खेल नेपाली समय अनुसार सवा ५ बजे फुलह्यामको मैदानमा खेल हुने छ ।
कोरोना भाइरसको महामारीका कारण नयाँ सिजन पनि बन्द रंगशालामै सुरु हुन लागेको हो ।

यसैगरी पौने आठ बजे क्रिष्टल प्यालेस र साउथ ह्याम्पटन भिड्ने छन् । राति सवा १० बजे लिभरपुल र लिड्सबीचको खेल सुरु हुने छ ।राति पौने १ बजे वेस्टह्याम युनाइटेड र न्युक्यासल युनाइटेड आमने सामने हुने छन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार