• सोमबार, साउन ११ २०८३

कोरोना संक्रमणबाट गण्डकीमा थप एक जनाकाे मृत्यु


शनिबार, भाद्र २७ २०७७
660
Shares

पोखरा । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान मातहतको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा उपचाररत एक जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

स्याङ्जाको पुतलीबजार नगरपालिका वडा नं. १ निवासी ८५ वर्षीय पुरुषको आज बिहान मृत्यु भएको हो ।

आइसियूमा उपचाररत उनको आज बिहान ६ः३२ बजे मृत्यु भएको अस्पतालका निर्देशक डा. अर्जुन आचार्यले जानकारी दिए ।

यही भदौ २४ गते कोरोना संक्रमण पुष्टि भएपछि ती पुरुषलाई अस्पताल भर्ना गरिएको थियो ।

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु हुने उनी दशौं संक्रमित हुन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार