• शनिबार, भाद्र २० २०८३

पाँच उद्योगको स्यानिटाइजर बिक्री रोक्न औषधि व्यवस्था विभागको निर्देशन


शनिबार, भाद्र २७ २०७७
1K
Shares

काठमाण्डौ । पाँच उद्योगका स्यानिटाइजर बिक्री रोक्न औषधी व्यवस्था विभाग ले निर्देशन गरेको छ । स्वास्थ्यलाई गम्भीर असर गर्ने विषाक्त रसायन भेटिएपछि विभागले निर्देशन जारी गरेको हो ।

अनुगमनका क्रममा ह्यान्ड स्यानिटाइजरमा स्वास्थ्यलाई गम्भीर असर गर्ने मेथानोल भेटिएको भन्दै उक्त कम्पनिका स्यानिटाइजर बिक्रीमा रोक समेत लगाएको छ ।

राष्ट्रिय औषधि प्रयोगशालामा परीक्षण गर्दा काठमाण्डौका चार र भक्तपुरको एउटा गरी पाँच वटा उद्योगले ह्यान्ड स्यानिटाइजरमा मेथानोल प्रयोग गरेको भेटिएको हो ।

जसमा भक्तपुरको नेपाल कायाकल्प उद्योगको इन्सट्यान्ट ह्यान्ड सेनिटाइजर, काठमाण्डौका हाइजिन सोप एन्ड केमिकल प्रालिको इन्सट्यान्ट ह्यान्ड स्यानिटाइजर ओरिजिनल, आधार केमिकल्स एन्ड फुड इन्डस्ट्रीको एड्भान्स ह्यान्ड स्यानिटाइजर, सर्च केम कम हर्बल प्रोडक्टको इन्सट्यान्ट ह्यान्ड स्यानिटाइजर रिफ्रेसिङ जेल र सूर्यमुखी हर्बल प्रोडक्टको सूर्यमुखी ह्यान्ड स्यानिटाइजरमा मेथानोल भेटिएको हो ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार