• सोमबार, साउन ११ २०८३

गोरखामा एक सहित गण्डकीमा शनिबार थपिए ४५ जना संक्रमित


शनिबार, भाद्र २७ २०७७
765
Shares

गोरखा । गोरखा सहित गण्डकी प्रदेशमा थप ४५ जनामा कोरोना संक्रमण देखिएको छ ।

शनिबार बिहान ११ बजे गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जारी गरेको विज्ञप्तीमा ४५ जनामा संक्रमण पुष्टि भएको जनाएको छ ।

जसमा गोरखाका एक जना छन । संक्रमित देखिएका मध्ये गोरखाको आरुघाट गाउँपालिका ८ का ३१ बर्षिया महिला रहेको स्वास्थ्य निर्देशक डा विनोदबिन्दु शर्माले जानकारी दिए ।

त्यस्तै कास्कीमा १० जना र नवलपुरमा ३४ जना रहेको विज्ञप्तीमा उल्लेख छ । यससंगै गण्डकी प्रदेशमा संक्रमितको संख्या २ हजार ८ सय ६५ पुगेको बताइएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार