• शनिबार, भाद्र ६ २०८३

टिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु


शनिबार, भाद्र २७ २०७७
735
Shares

काठमाडौंको तीनकुनेमा गएराति टिप्परको ठक्करबाट एक जनाको मृत्यु भएको छ।

प्रदेश ३ ०१००३ क ४५६३ नम्बर टिप्परले बा २९ प १४७९ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा भक्तपुरका ५५ वर्षीय अनिल गौतमको मृत्यु भएको प्रहरीले जनाएको छ।

गौतम मोटरसाइकलका चालक हुन्। राति पौने १० बजे टिप्परले ठक्कर दिँदा गम्भीर घाइते भएका गौतमको उपचारका क्रममा सिभिल अस्पतालमा मृत्यु भएको हो।

घटनापछि टिप्पर चालकलाई प्रहरीले पक्राउ गरेको छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार