• शनिबार, भाद्र ६ २०८३

घरभित्र एकै परिवारका तीन जनाको शव भेटियो


शनिबार, भाद्र २७ २०७७
890
Shares

भक्तपुरको ठिमीमा तीन जनाको परिवार नै घरभित्र मृत अवस्थामा फेला परेको छ।

किराना पसल गर्ने उनीहरुको शव शुक्रबार साँझ घरभित्र फेला पारेको भक्तपुरकी प्रहरी प्रमुख एसपी तारादेवी थापाले जानकारी दिइन् ।

सुदीप अधिकारी, उनकी श्रीमती सुशीला र छोरा सुशान्तको शव घरभित्रै फेला परेका हो।

एसपी थापाका अनुसार जिल्ला प्रहरी कार्यालय भक्तपुर, केन्द्रीय अनुसन्धान व्युरो र अपराध महाशाखाको प्रहरी टोली घटनास्थलमा पुगेको छ।

घटनाको अनुसन्धान भइरहेको हत्या वा आत्महत्या भन्ने खुलिनसकेको एसपी थापाले बताइन्।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार