गोरखा । बारपाक सुलिकोट गाउँपालिकामा शुक्रबार दुई जनामा कोरोना संक्रमण देखिएसंगै सौरपानी बजार सिल गरिएको छ ।
शुक्रबार साँझ गाउँपालिका अध्यक्ष विष्णु प्रसाद भट्टले विज्ञप्ती जारी गर्दै सम्भावित जोखिम न्यूनिकरण र संक्रमण फैलिन नदिन सौरपानी बजार क्षेत्रमा निषेधाज्ञा जारी भएको जानकारी गराएका हुन ।
त्यस्तै विज्ञप्तीमा वडा नम्बर ३ र ४ को कार्यालयको सेवा समेत बन्द गरिएको उल्लेख छ ।
सौरपानीमा ब्यवसाय सञ्चालन गर्दै आएका एक पुरुषमा शुक्रबार संक्रमण देखिएसंगै सो क्षेत्रमा अर्को सूचना प्रकाशित नहुञ्जेलसम्मका लागि निषेधाज्ञा जारी गरिएको अध्यक्ष भट्टले बताए ।
गोरखा नगपालिका ७ का संक्रमितसंग सम्पर्कमा रहेको आधारमा गत भदौ २३ गते उनिहरुसहित ५६ जनाको स्वावको नमुना लिइएको थियो ।
संक्रमण पुष्टी भएका दुई बाहेक अन्यको भने रिपोर्ट आउन बाँकी नै रहेको बताइएको छ ।
हेर्नुस गाउँपालिकाले जारी गरेको विज्ञप्ती
