गोरखा । गोरखाको बारपाक सुलिकोट गाउँपालिकामा २ जना कोरोना संक्रमित थपिएका छन् ।
शुक्रबार साँझ गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जारी गरेको विज्ञप्तीमा बारपाक सुलिकोटमा २ जना संक्रमित थपिएको पुष्टि जनाएको छ ।
जसमा वडा नम्बर ४ का ३२ बर्षका पुरुष र वडा नम्बर ३ का ५० बर्षिया महिला रहेको बताइएको छ ।