गोरखा । गोरखामा जारी निषेधाज्ञा भदौ मसान्तसम्म कायम गरिएको छ ।
गत भदौ २० गतेदेखि एक हप्ताका लागि जारी निषेधाज्ञा भोली २६ गते सकिदै थियो ।
तर आज शुक्रबार प्रमुख जिल्ला अधिकारी तिर्थराज भट्टराईको अध्यक्षतामा भएको डिसिएमसी बैठकले निषेधाज्ञालाई पाँच दिन थप गरी भदौ ३१ सम्म पु¥याइएको जिल्ला प्रशासन कार्यालय गोरखाका प्रशासकिय अधिकृत हर्क बहादुर रोकाले जानकारी दिए ।