Coronavirus concept image with an Indian nurse in protective face mask hold a blood sample vial of a patient
गण्डकी प्रदेशमा शुक्रबार ७५ संक्रमित थपिएका छन् । प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार शुक्रबार दिउँसोसम्म ७ जिल्लाका ७५ जनामा कोरोना पोजेटिभ देखिएको हो ।
कोरोना पुष्टि हुनेमा नवलपुरका ३८, तनहुँका १३, कास्कीका १२, लमजुङका ५, गोरखाका ३, स्याङ्जा र पर्वतका २/२ जना छन् ।
योसहित गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या २८ सय ५ पुगेको छ ।
संक्रमितमध्ये १८ सय ४९ जना निको भएका छन् भने २२ जनाको मृत्यु भएको छ ।