• शनिबार, भाद्र ६ २०८३

मुग्लिन–नारायणगढ सडक एकतर्फी खुल्यो


शुक्रबार, भाद्र २६ २०७७
915
Shares

नारायणगढ –मुग्लिन सडक खण्डको चार किलो नजिक पहिरो खस्दा अवरुद्ध भएको सडक एकतर्फी सञ्चालनमा आएको छ।

जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारी अनुसार शुक्रबार बिहान १०ः३० बजे सडक एकतर्फी सञ्चालनमा आएको हो। बिहान ८ः १० बजे नारायणगढबाट ३१ दशमलब ३ किमी मुग्लिनतर्फ चारकिलो नजिकै पहिरो खसेको थियो।

डिभिजन सडक कार्यालय भरतपुरका प्रमुख कृष्णराज अधिकारीका अनुसार दुईतर्फी सञ्चालनका लागि काम भईरहेको छ। ईच्छाकामना गाउँपालिका वडा नम्बर ६ मा पहिरो खसेको हो।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार