• बुधबार, साउन १३ २०८३

नेपालमा क्षति पुर्‍याउन सक्ने ४७ वटा हिमताल फुट्ने खतरामा


शुक्रबार, भाद्र २६ २०७७
1.8K
Shares

काठमाण्डौ – नेपालमा क्षति पुर्‍याउन सक्ने खालका ४७ वटा हिमतालहरु फुट्न सक्ने खतरामा रहेको पाइएको छ ।

अन्तराष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र इसिमोडले हालै गरेको अध्ययन अनुसार नेपालमा २१ वटा, तिब्बतमा २५ वटा र भारतमा एउटा ताल फुट्न सक्ने जोखिममा देखिएको इसिमोडले जानकारी गराएको छ । ती ताल फुटेमा नेपालका नदीमा बाढी आउँछ ।

जसमध्ये नेपालका च्छो रोल्पा र इम्जा हिमताल सबैभन्दा बढी सम्भावित खतरनाक रहेको पनि इसिमोडले जनाएको छ ।

अध्ययनका अनुसार जोखिमपूर्ण अवस्थामा रहेका हिमतालहरू फुटे भने सबैभन्दा बढी असर पहाडी क्षेत्रमा पुग्ने बताइएको छ । ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार