• सोमबार, साउन ११ २०८३

अस्पतालले भर्ना लिन नमान्दा गर्भवतीको मृत्यु


शुक्रबार, भाद्र २६ २०७७
745
Shares

विराटनगरको कोशी अस्पतालले प्रसूति गराउन लगिएकी एक गर्भवतीको भर्ना नलिंदा गर्भवतीको मृत्यु भएको छ ।

अस्पतालले भर्ना लिन नमान्दा घर फर्काएर लगिएको केही बेरमै विराटनगर महानगरपालिका–६ सुकुम्बासी टोलकी ३० वर्षीया विमला ऋषिदेवको मृत्यु भएको हो ।

प्रसूति व्यथाले च्यापेपछि उनलाई श्रीमान शिवु ऋषिदेवले बिहीबार बिहान १ बजेतिर अस्पताल लगेका थिए ।

बेड खाली नभएको लगायतको जवाफ दिएर कोशीले भर्ना लिन अस्वीकार गर्दै घर फर्काइदिएको केही बेरमै विमलाको ज्यान गएको हो ।

अस्पतालको लापरवाहीका कारण गर्भमा भएको शिशुसहित आमाले ज्यान गुमाएकि हुन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार