काठमाण्डौ क्यारेबियन प्रिमियर लिग सीपीएल क्रिकेटको उपाधि ट्रिनबागो नाइट राइडर्सले जितेको छ ।
ट्रिनबागोले लिग चरणदेखि फाइनलसम्म खेलेको १२ वटै खेल जित्दै अपराजित रहेर प्रतियोगता सेन्ट लुसिया जोउक्सलाई ८ विकेटले हराउँदै गएराति चौथो पटक सीपीएलको उपाधि जितेको हो ।
जुक्सले दिएको १५५ रनको लक्ष्य ट्रिनबागोले १८.१ ओभरमा २ विकेट मात्र गुमाएर पूरा गरेको हो । जसमा सिमोन्सले अविजित रहँदै सर्वाधिक ८४ रन बनाए । उनले ४९ बल खेल्दै ८ चौका र ४ छक्का प्रहार गरे ।
यस्तै डारेन ब्राभोले अविजित ४८ रन बनाए । उनले ४७ बल खेल्दै २ चौका र ६ छक्का प्रहार गरे ।
ट्रिनबागोलई अपराजित बनाउँदै उपाधि जिताउन नेतृत्व गरेका पोलार्ड म्यान अफ दि सिरिज घोषित भए । उनले लिगभर ११ खेल खेल्दै २०७ रन बनाए भने बलिङमा ८ विकेट लिए ।
ट्रिनबागोले यसअघि २०१५, २०१७ र २०१८ मा उपाधि जितेको थियो ।