• बुधबार, साउन १३ २०८३

पहिरोका कारण मुग्लिन–नारायणगढ सडक अवरुद्ध


शुक्रबार, भाद्र २६ २०७७
680
Shares

पहिरोका कारण नारायणगढ–मुग्लिन सडक अवरुद्ध  भएको छ ।

आज बिहान ८ः१० बजे चितवनको इच्छाकामना–६ चारकिलो डाँडा नजिकै पहिरो खस्दा सडक दुईतर्फी अवरुद्ध भएको हो ।  

अहिले पहिरो पन्छाउने प्रयास भइरहेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायव उपरीक्षक सूर्यबहादुर थापाले जानकारी दिए ।

सडक अवरुद्ध भएपछि सो सडक भएर आवतजावत गर्ने सवारी साधनहरु रोकिएका छन् । रासस

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार