• शुक्रबार, असोज १६ २०८३

चितवनमा थप ३१ जनामा कोरोना पुष्टि, संक्रमितकाे संख्या ११ सय नाघ्याे


शुक्रबार, भाद्र २६ २०७७
915
Shares

चितवन। चितवनस्थित भरतपुर अस्पतालको प्रयोगशालामा गरिएको कोरोना परिक्षणमा ३४ जना संक्रमित थपिएका छन्।

चितवन, नवलपुर र पर्सामा गरी ३४ जना संक्रमित थपिएका अस्पतालले जनाएको छ। चितवनका ३१, नवलपुरका २ र पर्साका १ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। संक्रमण पुष्टि हुनेमा चितवनका सबै भरतपुर महानगरपालिकाका रहेका छन्।

उनीहरु सबैको भरतपुर अस्पताल स्वाब संकलन केन्द्र, पुरानो मेडिकल कलेज, पुष्पाञ्जली अस्पताल र क्वारेन्टिनबाट स्वाब संकलन गरिएको हो।

चितवनमा शुक्रबार विहानसम्म कुल संक्रमितको संख्या ११ सय नाघेको छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार