• बुधबार, साउन १३ २०८३

गण्डकी सहित देशका विभिन्न स्थानमा बिहानैदेखि वर्षा


शुक्रबार, भाद्र २६ २०७७
1.7K
Shares

गोरखा सहित देशका विभिन्न स्थानमा बिहानैदेखि वर्षा भइरहेको छ। मौसमविद्का अनुसार गण्डकी प्रदेश सहित १ देखि ५ सम्म विभिन्न स्थानमा हल्कादेखि मध्यसम्म वर्षा भइरहेको हो।

‘तर यो प्रणाली बिस्तारै कमजोर हुँदै गएको छ,’ मौसम पूर्वानुमान महाशाखाकी मौसमविद् विभूति पोखरेलले भनिन्, ‘एक दुई घण्टापछि रोकिएला।’

उनका अनुसार राति गण्डकी प्रदेशका एक दुई स्थानमा भारी वर्षासमेत भएको थियो।

यस्तै दिउँसो देशभर सामान्यतया देखि पूर्णसम्म मौसम बदली भई केही स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यमसम्म वर्षाको सम्भावना छ। प्रदेश १, प्रदेश २, बागमती प्रदेश र गण्डकी प्रदेशका एक वा दुई स्थानमा भारी वर्षासमेत हुने सम्भावना छ।

यसैगरी आज राति पनि देशभर सामान्यतया बदली रही केही स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यमसम्म वर्षाको सम्भावना छ। प्रदेश १, बागमती प्रदेश र प्रदेश ५ का एक वा दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको महाशाखाले जनाएको छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार