चितवन । भरतपुर अस्पतालकाे मेडिकल सुपरिटेन्डेन्ट डा. श्रीराम तिवारीलाई हटाइएकाे छ । कोरोना कहरकै बीच डा. तिवारीलाई हटाइएकाे हो ।
डा. तिवारीको ठाउँमा नेपालगञ्जस्थित भेरी अस्पतालका चिकित्सक डा. राजन पाण्डेलाई नयाँ मेसु नियुक्त गरिएको छ ।
बुधबारको मन्त्रीस्तरीय निर्णयको आधारमा डा. पाण्डेलाई भरतपुर अस्पतालको नयाँ मेसु बनाइएको हो । डा. पाण्डे ११ औं तहका कन्सल्टेन्ट फिजिसियन हुन् ।