• सोमबार, साउन ११ २०८३

नेपालमा काेराेना संक्रमितको संख्या ५० हजार नाघ्यो, आजै थपिए १२ सय ४६ जना


बिहिबार, भाद्र २५ २०७७
740
Shares

नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार २४६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

बिहीबारको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले देशभरमा थप १ हजार २४६ जना संक्रमित थपिएको बताए।

आज देशभरमा सक्रिय संक्रमितको संख्या १४ हजार ४४८ रहेको छ।

यससँगै कुल संक्रमितको संख्या ५० हजार ४६५ पुगेको छ ।

उनीहरुमध्ये ३१७ जनाको मृत्यु भएको छ भने ३५ हजार ७०० जना कोरोना संक्रमणमुक्त भएका छन् । प

छिल्लो २४ घण्टामा मात्र १८१८ जना डिस्चार्ज भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार