• बुधबार, साउन १३ २०८३

गोरखाका तिन पालिका र सेनाले सुरु गरेको म्याराथुन यो बर्ष नहुने


बिहिबार, भाद्र २५ २०७७
865
Shares

गोरखा । अघिल्लो बर्षदेखि सुरु भएको म्याराथुन दौड यो बर्ष नहुने भएको छ ।

गोरखा नगरपालिका, पालुंटार नगरपालिका र सिरानचोक गाउँपालिका सहित नेपाली सेनाकाे रणसिं दल गणको संयुक्त आयोजनामा हुने म्याराथुन दौड कोरोना भाइरसका कारण यो बर्ष स्थगित भएको हो ।

अघिल्लो बर्ष भदौ २५ गते आयोजना गरिएको प्रतियोगिता पालुङ्टारको लिगलिगकोटबाट सुरु भई सिरानचोककोट, छोप्राक, गोरखा नगरपालिकाको पस्लाङ चौतारा हुदै गोरखा दरवारमा पुगी अन्त्य भएको थियो ।

म्याराथुन प्रतियोगितालाई हरेक बर्ष निरन्तरता दिने बताएको आयोजकले कोरोना भाइरसको संक्रमण जोखिमका कारण यो बर्ष गर्न नसकेको जनाएको छ ।

आज बिहिबार आयोजक मध्येका एक गोरखा नगरपालिकाले एक सुचना प्रकाशित गर्दै यो बर्ष स्थगित भएपनि आगामी बर्ष भने प्रतियोगितालाई निरन्तरता दिने बताएको छ ।

अघिल्लो बर्ष लिगलिगकोटदेखि सिरानचोककोट हुदै गोरखा दरवारसम्मको म्याराथुन दौड प्रतियोगिताको उपाधी गोरखाको आरुघाट गाउँपालिका थुमीका भीमबहादुर गुरुङले जितेका थिए ।

४२ किलोमिटर दुरीको म्याराथुनको उपाधीसंगै उनले १ लाख ५० हजार नगद सहित मेडल हात पारेका थिए। पोहोर १ सय १३ जना प्रतिस्प्रधि प्रतियोगितामा सहभागी थिए ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार