• बुधबार, साउन १३ २०८३

वडाध्यक्ष र कर्मचारीको संयुक्त विज्ञप्ती : हामी मिलिसक्यौ, अनावस्यक प्रचार नगराै


बिहिबार, भाद्र २५ २०७७
865
Shares

गोरखा । मंगलबार भएको विवादलाई लिएर पालुङटार नगरपालिका वडा नम्बर ७ का वडाध्यक्ष वसन्त कुमार श्रेष्ठ र विद्युत प्राधिकरण गोरखाका कर्मचारी सञ्जय खड्काले संयुक्त विज्ञप्ती निकालेका छन् ।

आफुहरुविच भएको सामान्य विवादलाई लिएर सामाजिक सञ्जाल तथा केहि मिडियामा आएको समचार प्रति गम्भिर ध्यानाकर्षण भएको भन्दै वडाध्यक्ष श्रेष्ठ र कर्मचारी खड्काले बिहिबार संयुक्त विज्ञप्ती निकालेका हुन ।

कामको सिलसिलामा आफुहरुविच विवाद भएको बिषयमा सत्यता भएपनि सोही दिन समझदारी भइसकेकाले अनावस्यक प्रचार नगर्न विज्ञप्तीमा भनिएको छ ।

श्रेष्ठ र खड्का दुवैको संयुक्त हस्ताक्षरमा प्रकाशित गरिएको विज्ञप्तीमा भनिएको छ ‘काम गर्ने क्रममा भएका सामान्य छलफललाई पनि ठूलो बनाउने र अतिरञ्जित गर्ने गराउने कार्यप्रति हाम्रो गम्भिर आपत्ति भएको जानकारी गराउदै हामीविचको सम्बन्धमा यस्ता प्रकारका व्यवधानहरु नल्याइदिनु हुन पनि अनुरोध गर्दछौ ।’

हेर्नुस विज्ञप्ती

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार